डिजिटल युगको अहिलेको समयमा धेरै कुराहरु घरमै बसेर पनि हेर्न र बुझ्न सकिन्छ।, तर भौतिकरुपमा नयाँ नयाँ ठाउमा गएर प्रत्यक्ष हेर्नु भनेको अर्कै लेवलको कुरो हो। यदि कसैलाई घुम्ने वातवरण छ वा मिल्छ भने घुमेको नै राम्रो। यो मेरो ब्याक्तिगत धारणा मात्र हो।

मलाई यस्तो लाग्छ, यात्रामा भेटिएका र देखिएका मानिसहरुको जनजीवन, संवेदना र प्रकृतिको अवस्थितिलाई मसिनोसँग केलाएर शब्दहरुमा उतर्ने एक कला नै नियात्राको विशेषता हो।यात्राको क्रममा देखिएका घटनाहरुलाई यथार्थ रूपले प्रस्तुत गर्न सके, त्यो प्रभावकारी हुन्छ। नियात्राले पाठकलाई त्यहाँको भूगोल, इतिहास, जनजीवन, सामाजिक र संस्कृतिको बारेमा धेरै जानकारी दिन्छ।, र लेखकको पक्षमा हेर्दा आफूले देखेका कुरालाई सरल, रोचक र जीवन्त वर्णन गर्दै आत्मपरक शैलीमा प्रश्तुत गर्नु पर्दछ।

मान्छेको इच्छा र आवश्यकताहरू अनन्त हुन्छ्न यो अर्थशास्त्रको नियम भित्र पनि आउछ। विश्वका सात आश्चर्यहरु मध्य चाईनाको ग्रेट वाल हेर्न मन भित्र एउटा तिब्र हुटहुटी थियो। समयले साथ दिएको भए गत वर्षको शितकालिनमा घुन्मे थिए तर यो लगन ग्रीष्ममा पो जुर्यो। हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्छन, यो पाईला भने मिग अल्फाले जुराई दिएको थियो।

************************
यात्रा विवरण
आयोजक: मिग अल्फा
भ्रमण स्थान: बेइजिङ चाईना (४ दिने)
मिति: ८ जुन २०२४

चार दिने चाईना यात्राको दौरान हामीले निम्न स्थानहरु घुमेका र अवलोकन गरेका थियौ। (अग्रेजीमा नाम लेख्दा बुझ्न सजिलो हुने हुदा ठाउहरुको नाम यस प्रकार छन।)
1. Tiananmen Square
2. Forbidden City
3. Summer Palace
4. Great Wall
5. Bird’s Nest stadium
6. Acrobatic Dance (Optional Tour)
7. Temple of heaven
8. Old local village (HuTung)

************************

यात्राको पहिलो दिन:

आधरभुत कुराहरु र दस्तावेज़को चाजो पाजो मिलाएर मिग अल्फाले दिएको समयमा हामीहरु चेपलाप कोक अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल १ मा भेट भएका थियौ। हाम्रो समूहमा चार जना प्रत्यक्ष सहभागी थियौं, तर विमानस्थलमा पुगे पछि केहि परिचित अनुहारहरु पनि देखिए। रमाइलो र सहजताको अनुभव भयो। भाई इन्दर पुन (मिग अल्फाका डाइरेक्टर) पनि सँगै जाने भनेर मैले पहिल्यै थाहा पाएको थिएँ। (यहाँ मैले सहभगी ब्याक्तित्वहरुको नाम लेख्न उचित लागेन र लेखिन, कतिको इच्छा पनि हुदैन।)

बोर्डिङ पास, सेक्युरिटी चेक, र इमिग्रेसन क्लियर गरेपछि सबै जना फ्लाइट गेट तिर लाग्यौं। सबैको अनुहारमा एक उत्साह र उमङ्ग छर्लङ देखिएको थियो।

चाईना साउदर्न एरलाईनको न्यारो बडिको जहाज रहेछ। तीन सिट दाहिने तीन सिट देब्रे भएको, तीन सिट मध्य म बिचमा परे दहिने पट्टी मेरो मित्र देब्रे तिर एक मोटी मोटी चिनानी, सायद बेजिङको स्थानिय हुन पर्छ। तर अग्रेजी भने नबोल्ने रहिछिन। डिनरको समयमा के खन्छस भनेर मैले सोधेको मलाई हेरेर खिस्स हासीन्, अनि मेरो हातको मेनु समाएर हातले देखाइन्, अनि विमान परिचारिका ले पनि बुझिन्।

बिचको सिट भएकोले बाहिरको दिश्यहरु हेर्ने गर्ने मौका मिलेन। लगभग २ घण्टा ५० मिनटको उडान पछि Daxing अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा अवतरण गरियो। इम्मिग्रेसनले निकै कडाईको साथ जाँजबुझ गरि अनुमति दियो। मैले लेख्नै पर्ने एक कुरा के भने प्लेनमा यात्रुको लगेज क्षति भएको खण्डमा सम्बन्धित एयरलाइन्सले तुरुन्त क्षतिपूर्ति दिने रहेछ। हामी मध्यका एक यात्रुको यो घट्ना भएको थियो र तुरुन्तै नयाँ सुट्केश क्षतिपूर्ति दियो। हाम्रो देशमा भने समान नै चोरी भएको घटनाहरु धेरै सुन्न पाईन्छ।

बाहिर मिग अल्फाको प्लेकार्ड लिएर हामीलाई घुमाउने गाईड बसिरहेको थिईन। नाम एनि, एनिको बारेमा छोटो परिचय दिन सान्दर्भिक लाग्यो, यि शब्दहरु मैले हाम्रो पुरा यात्रा पछि एनि प्रति लिएको थिए।

“मैले बुझे अनुहार टुर गाईड एक त्यो व्यक्ति हो जसलाई पर्यटकहरूलाई मनपर्ने ठाउँहरू देखाउन नियुक्त गरिएको हुन्छ, तर उहाँ अर्कै स्तरको हुनुहुदो रहेछ। धेरै नम्र, विनम्र, सम्मानजनक, व्यावसायिक र जिम्मेवार अनि राम्री पनि। हामीले झै (Asian Accent) अग्रेजी बोल्ने हुनाले हामीलाई उनले भनेका कुराहरु बुझ्न सजिलो भो। सचिक्कै उनिले सबैको मन जितिन।”

हामीलाई स्वागत गर्दै बसमा राखेर अगाडी दिनहरुको प्रोग्राम बारे जान्कारी दिदै डिनरको लागी लगि। बाटोमा जादै गर्दा सबै भन्दा पहिला मैले नोटिस गरेको यहाँको हरियाली वातावरण, एक नासको मानव द्वारा लगाईएको रुख बिरुवाहरु; सचिक्कै लोभलाग्दो देखे, सुने अनुसार अहिले चाईनाले गोबी मरुभूमिलाई पनि हरियाली बनाउदै छ रे।

प्राय सबैले हङकङ बाटनै चाईनाको सिमकार्ड लगेका थियौ, आ-आफ्नो फोनमा सेट गर्यौ। पुर्व निर्धारित कार्यक्रम डिनर गरी होटेलमा बस्ने थियो। भात खाने म मात्र हो कि भनेको त मैले भन्दा धेरै खाने मित्र हरु पनि रहेछन। भात थपेको देख्दा चिना पनि छक्कै पर्‍यो होला। हामी बस्ने होटल क्राउन प्लाजा होटल बेइजिङ, यो एक ब्रिटिश-अमेरिकी बहुराष्ट्रिय प्रख्यात होटल हो। निकै सानदार लाग्यो। राती कोजी बेडमा एक्लै सुत्नु पर्दाको पिडा त आफ्नै ठाउमा रह्यो।

यात्राको दोश्रो दिन:

मेरो होटलको रूम नम्बर ६०६ थियो। कोजी बेड तर निद्राले बिहान छिट्टै नै छोड्यो।

“हुनत मेरो जिन्दगीको सिद्धान्त भनेको सक्दो चाँडै सुत्ने र चाँडो उठ्ने नै हो”

यसो झ्याल तिर हेरेको उज्यालो थियो, हतार हतार घडी हेरे भरखर ४:३० भएको रहेछ। ५ नबज्दै सुर्यको किरणले धर्तिलाई झलमल बनाई हाल्यो। अचम्म पनि लाग्यो, पछि पो याद आयो अहिले सुर्य उत्तरायण (Northern Hemisphere Solstice) छ जसको कारणले यसो हुन गएको रहेछ। बिहान स्टार होटलको बुफेट नास्ता खाएर हामी सिधै तियानमेन स्क्वायर तिर लाग्यौ। स्थानिय तापक्रम ३२ डिग्री सेलसियस थियो।

(Tiananmen Square र Forbidden City)
तियानमेन स्क्वायर (स्वर्गीय शान्तिको द्वार) यस ऐतिहासिक स्थलमा दैनिक ३० हजार भन्दा बढी पर्यटक घुम्न आउने गर्ने गर्छन रे। चिनियाँ राष्ट्रिय दिवसमा आर्मिहरु परेड खेलेको टेलिभिजनमा यो ठाउ देखेको थिए। माओको ठुलो तस्बिर टागिएको सुन्तले रंगको घरको अगाडी।

Forbidden City (निषेधित शहर)
धेरै पहिला चाईनिज मुवी फोरबिड्ड्न सिटी र फोरबिड्ड्न किङ्डम हेरेको थिए। कथावस्तु तिर खासै ध्यान थिएन मात्र फाईटिङ सिनहरु हेरेको याद छ। तर यो कालखण्डमा आएर त्यही पुगेर वस्तुगत कुराहरु र स्थानहरु अवलोकन गर्दा गज्जवको अनुभूति भयो।

एनिको भनाई अनुहार यसलाई एकदमै छोटकरीमा समेट्दा: यो पुरातन चीनको एउटा शाही दरबार (imperial palace) थियो। माओको ठुलो प्रोट्रेट (तस्बिर) राखिएको तियानानमेन स्वायर सगै जोडिएको मिङ (Ming) र क्विङ (Qing) वंश (Dynasty) को विरासत हो। यहाँ जम्मा २४ सम्राटहरुले (Emperors) सासन गरेका थिए।

यहाँ भित्रको सबै भवनहरु सुन्तले रंग का छन र जम्म जम्मी ९९९९ कोठाहरु भएको भन्छ्न तर अहिले यो सङ्ख्या जम्मा ९८२७ रैछ।

यहाँको मौसम एक्दम विषम प्रकारको हुदो रहेछ। अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर, ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने। प्रचण्ड घाम हुनुको बाबजुद पनि हाम्रो घुमाई चाईनाको इतिहासमा आफनै महिमा र गौरव बोकेको ऐतिहासिक स्थानहरुको थियो। निधारको पसिना पुछ्दै , फोटो, सेल्फी खिज्दै दोस्रो दिनको घुमाईलाई सम्पन्नता गरियो। पर्यटकहरुको भिड देख्दा मंत्रमुग्ध पनि भए।

यात्राको तेस्रो दिन:

(Great Wall)
ग्रेट वाल, चीनको महान पर्खाल यो पुरातन चीनको ऐतिहासिक उत्तरी सिमानाहरूमा ठुलो जनशक्तिले निर्माण गरिएको किल्लाको एक श्रृंखला हो।संसारका सात आश्चर्य मध्ये एक शाब्दिक रूपमा भन्दा यो धेरै अचम्म र कल्पनाभन्दा बाहिरको कुरा जस्तो लाग्छ।

ग्रेट वाल यसको आफ्नै लामो इतिहासको लागि मात्र नभई यसको विशाल निर्माण आकार र यसको अद्वितीय वास्तुकला शैलीको लागि विश्वका सात निर्माण आश्चर्यहरू मध्ये एकको रूपमा प्रतिष्ठित छ। प्रखालमा प्रयोग गरिएका ढुङाहरु कसरी बोके होलान त्यो समयमा।

बिहान बिहान हेबी ब्रेक फास्ट खाएर जब ग्रेट वाल (Juyong Pass) पुग्यौं, सबैलाइ फोटो खिच्न हतार भएको देखियो। स्थलगत कुराहरु हेर्दा म त दङ्ग खाए। यो क्षेत्र भित्री भूमि र चीनको उत्तरी सीमा नजिकको क्षेत्र जोड्ने एक धेरै महत्त्वपूर्ण रणनीतिक स्थान रहेछ, यो बेइजिङको पुरातन शहरको रक्षा गर्नको लागी पनि प्रयोग गरिएको थियो रे।

हामी सँग दुई विकल्प थियो, उकालो तिर जाने कि अलि कम उकालो तिर जाने तर धेरै आगन्तुकहरू उकालो तिर गएको देखेर हामी पनि उकालो तिर नै गयौ। यो क्षेत्रको सबै भन्दा माथिको फोर्ट नम्बर १२ रहेछ। त्यहा सम्म पुग्दा पसिनाले निथुर्क्क भिजियो। जिन्दगीमा पहिलो पटक ग्रेट वालको टुप्पोमा गएर फेस बुकमा लाईभ जाने भनेर प्रोग्राम बनाएको थिए तर नचाहिदो गर्मिले गर्दा भुसुक्कै बिर्सेछु, हैट !

मान्छेहरुको जोश, जागर र इच्छा शक्ति देखेर गज्जब लाग्यो, हात र खुट्टाको बल प्रयोग गरेर भए पनि उकालो चढेको थुप्रै देखे। एक हुल अमेरिकनहरु पनि थिए, धेरै जसो हेबी वेटका थिए तर पनि ग्रेट वालको भर्टिकल उकालो नाक फुलाउदै चढ्दै थिए। फोरबिड्ड्न सिटीमा धेरै जसो चाईनिज मूलको मान्छे हरु घुमेको देखियो भने ग्रेट वालमा विदेशी मूलको पनि धेरै देखिए।

रमाईलो कुरो के भने ग्रेट वाल म्याराथनमा भाग लिन नसके पनि दुई तीन किलोमीटर हिडे अनि किनेर भए पनि ग्रेट वालको मेडल लिएर आए, कुरो !

बर्ड्स नेस्ट (बेइजिङ नेशनल स्टेडियम)

यो स्टेडियम ग्रीष्मकालीन ओलम्पिक 2008 को लागि डिजाइन गरिएको थियो। तर पछी शितकालिन् ओलम्पिक पनि भएको थियो। स्टेडियमको बाहिरी दृश्य संग फोटो खिचियो तर भित्री अवलोकन गर्न अनुमति रहेनछ। हेर्दा यो मात्र एक स्टेडियम देखिन्छ तर यसको परिसर हेर्ने हो भने ४-५ किलोमीटर रहेको छ। यसको वास्तुकला (आर्किटेक्चर) हेर्दा मुख नै वा भयो ।

हामी सँग अझै समय भएको ले सबैको सामूहिक निर्णयमा Acrobatic Dance, Bike Stunt हेरियो।यो इभेन्ट भने हाम्रो प्याकेजमा थिएन।सबै खेलहरु खतरनाक रूपमा प्रस्तुत गरेका थिए, रोमाञ्चक र रमाईलो भयो।

यात्राको चौथो वा अन्तिम दिन

(Temple of Heaven)

स्वर्गको मन्दिर, यो मध्य-बेइजिङको दक्षिणपूर्वी भागमा अवस्थित शाही धार्मिक भवनहरूको एक समूह रहेछ। राम्रो फसल (Good Harvesting) उवजाउको लागी यो मन्दिरमा प्रार्थना गर्ने चलन रहेछ। स्वर्गको मन्दिरलाई 1998 मा विश्व सम्पदा स्थलको रूपमा सूचीबद्ध गरिएको रहेछ र “वास्तुकला र परिदृश्य डिजाइनको” उत्कृष्ट कृतिको रूपमा वर्णन गरिएको छ।

यस मन्दिरको कोर्टयार्डको बिच् ढुङ्गामा उभिएर ताली बजाए वा करायो भने एउटा प्रतिध्वनि सुनिदोरहेछ। मैले पनि ताली बजाए तर हल्ला ले गर्दा प्रतिध्वानि भने सुन्न सकिएन।

यो मन्दिरको लेआउट पनि झण्डै झण्डै फोरविड्ड्न सिटी सँग मिल्दो जुल्दो लाग्यो। यहाँ भित्रको पार्कमा ५०० वर्ष भन्दा पुरानो रुख पनि देखियो।

अन्तमा एक पुरानो चाईनिज हुतोङ गाउँ पनि घुमियो, यहाँको परिवेश गज्जवको लाग्यो। हुतोङ एक प्रकारको साँघुरो सडक वा गल्ली हो, जुन उत्तरी चिनियाँ शहरहरूसँग सम्बन्धित छ। चिनिया वृद्धहरु संग स्थानीय खेल खेली केहि समय रमाईलो गरियो। साथै पोखराको लेक साईड जस्तो जस्तो ठाउ (Old Beijing Custom Street) पनि घुमियो।यहाँ मिठाईका पसलहरु धेरै देखिए।

अन्तमा हाम्रो चार दिने बेईजिङ्को भ्रमणलाई समापन गर्दै हङ्कङ फर्किएका थियौ। फर्किने क्रममा हाम्रो उडानलाई प्रतिकुल मौसम (गर्जन) भएर ४ घुण्टा जति ढिलो भएको थियो। एयरलाइन्सले निकै चलाखी पूर्ण तरिकाले रेस्पोन्स दिएको थियो। सबै यात्रुहरु लाई प्रतीक्षा हलमा नै डिनर प्रदान गरेको थियो।

अन्तमा म ल्गाएत सम्पुर्ण सहभागीहरुले मिग अल्फा लाई साधुवाद भन्नै पर्छ, यो अवसर प्रदान गरेको खण्डमा। अनि भविष्यमा पनि यस्तै यात्रामा सहभागी बन्ने सङ्कल्प गर्दै बिट मारे।

लेखक: डोम राना  

नोट: माथि लेखिएका धेरै जसो कुराहरु हाम्रो गाईड एनिको भनाईमा आधारित छन।

सेप्टेम्बरको बेइजिङ चाईना यात्रा